एमाले बैठकका चार निर्णय

काठमाडौं । नेकपा (एमाले)को आज बसैको स्थायी कमिटी बैठकले चार निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेताको कारबाही फुकुवा लगायत चार निर्णय गरेको हो ।

आज बिहान बालुवाटारमा बसेको बैठकले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवा गर्ने निर्णय गरेको छ । यस्तै केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभा सदस्य कमरेड पशुपति चौलागाईको कोभिड संक्रमणका कारण भएको निधनप्रति श्रद्धाञ्जली पनि आजको बैठकले व्यक्त गरेको छ ।

आजको बैठले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ । बैठकमा अध्यक्ष ओलीले कोरोना महामारीको पछिल्लो जटिल अवस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमहरूका सन्दर्भमा बैठकलाई जानकारी गराएका थिए । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार