बाँकेमा थप १७ जना संक्रमितको मृत्यु

दाङ । बाँकेमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार बेलुकादेखि बुधबार बिहान ९ बजेसम्म १७ जना संक्रमितको मृत्यु भएको छ।मृतकमध्ये दुई जना दाङका, एक जना रूकुम पश्चिमका, तीन जना बर्दियाका, दुई जना कैलालीका र नौ जना बाँकेका छन्।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पतालमा ती संक्रमितको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो।

योसँगै बाँकेमा कोरोनाबाट अहिलेसम्म ४६२ जनाको मृत्यु भएको छ। जसमध्ये बाँकेका २५३ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २०९ जनाको मृत्यु भएको फोकल पर्सन वलीले बताउनुभयो। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार