सोलुखुम्बु र उदयपुरमा भीरबाट लडेर दुई जनाको मृत्यु

विराटनगर । सोलुखुम्बु र उदयपुरका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सिताराम बस्नेतको स्थानीय उत्तीसे भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो गाई वस्तु चराउन गएका केही स्थानीयहरूले बस्नेतलाई भीरमुनि मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए।

यसैगरी, उदयपुरको कटारी नगरपालिका-८ मरुवाखानी बस्ने २९ वर्षीया गीता विकको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। बुधबार साँझ ६ बजेको समयमा मरुवाखानीको जंगलमा घाँस काट्ने क्रममा अचानक भीरबाट लड्दा विकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार