
बेनी । म्याग्दीमा बुधबार मात्र थप १५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जिल्लाको बेनी नगरपालिकामा ९४जना , मालिका गाँउपालिकामा १ जना ,अन्नपुर्ण गाँउपालिकामा ४ जना , मंगला गाँउपालिकामा ४ , धवलागिरी गाँउपालिकामा ३ जना , रघुगंगा गाँउपालिकामा ७ जना र जलजला गाउँपालिकाका ८ जना गरी १२१ जना (पिसिआर विधिबाट ) र बेनी नगरपालिकाका ५जना,रघुगंगा गाउँपालिकाका २७ जना , मालिका गाँउपालिकामा १ जना , अन्नपुर्ण गाउँपालिकाका ३ जना गरी ३६ जना(एन्टीजेन विधिबाट)गरी जम्मा १५७जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १७७२जना पुगेको छ ।संक्रमित मध्य पिसिआरबाट १३८६जना र एन्टिजेन विधिबाट ३८६ जना पहिचान भएका हुन्। यसैगरी ५५० जना सक्रिय संख्या रहेका छन् । भने अझै १६४ वटा नमुनाको रिपोर्ट आउन बाँकी रहेको छ ।