
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध दायर १९ वटा रिटमा प्रारम्भिक सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने निर्णय भएको हो । संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता छन् । नागरिक खबरबाट