गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज

कास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज बस्दैछ । जेष्ठ ११ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो ।

गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो । त्यसपछि बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थियो ।

प्रदेश सरकारको आर्थिक बर्षको बजेट असार १ गते ल्याउनुपर्ने र मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले जेष्ठ २९ गतेसम्म बिश्वासको मत लिनुपर्ने भएकाले प्रदेश सभा बैठक बोलाईएको हो ।

गुरुङ बैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीमा नियूक्ती भएका थिए । जेठ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार शहरी बिकास तथा यातायात ब्यवस्था मन्त्रालयलाई प्रदेश सडक सम्बन्धी बिधेयक बनाउन सैद्धान्तिक स्विकृती दिईएको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार