लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९७ जनाले हाले भोट

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ जनाले मत हालेका छन्। सोमबार भएको मतदान ३ सय मतदातामध्ये तीन जना अनुपस्थित भएका हुन्।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएनन्। उनले सार्वजनिक रूपमै निर्वाचन बहिष्कार गरेका थिए। यसैगरी नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचार गर्न लखनउ गएका छन्।

गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी छन्। उनी काठमाडौंमा उपचार गरिरहेका छन्। स्थानीय तहका तीन जना जनप्रतिनिधि उपस्थित नभए पनि प्रदेश सभाका भने सबै ८३ जनाले मत खसालेका छन्।

मत हाल्न आउनेहरू सकिए पनि तीन बजेसम्म मतदानको समय भएकाले अधिकारीहरू कुरेर बसेका छन्। तीन बजेपछि मुचुल्का उठाएर मतगणना सुरू हुनेछ। मतपरिणाम आजै आउनेछ।लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी गठबन्धनबाट दुई जना उम्मेदवार छन्। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार