मोरङको कर्सिया बजारमा आगलागी हुदाँ लाखौंको क्षति

रंगेली । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षती भएको छ। रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल र रंगेली २ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको छ।

कोरोनाको समयमा खाजा पसल र फर्निचर उद्योगसमेत बन्द भएको समय विद्युत सट भई आगलागी भएको रंगेली प्रहरी जनाएको छ। आगलागी फर्निचरबाट बिहान ९ बजेदेखि सुरू भएको र डेढ घन्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। कार्की होटलमा रहेको ग्यास, फ्रिजलगायत १० लाख बराबरको क्षति भएको छ।

फर्निचर उद्योगमा रहेको काठ, फर्निचर, मोटरलगायत ६० लाख बराबरको क्षति भएको राजेन्द्र शर्माले बताउनुभयो । आगो नियन्त्रणका लागि रंगेली, कानेपोखरी र विराटनगरबाट आएको दमकल तथा नेपाल प्रहरी, ससस्त्र प्रहरी, स्थानीयले २ घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार