काठमाडौं । पूर्वसांसद बिष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ। उच्च रक्तचाप र मधुमेहबाट पीडित उनको उपचारको क्रममास् झापाको दमकस्थित आम्दा अस्पतालमा बिहीबार निधन भएको हो।
वाइबाका तीन छोरा र दुई छोरी छन्। वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।
दाहालले आज जारी गरेको विज्ञप्तिमा कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको उल्लेख छ भने वाइबा सादा जीवन, सरल र जुझारू भएको बताएका छन् । किसान र मजदूरबीच वाइबा लोकप्रिय रहेको पनि प्रचण्डको भनाइ छ। सेतोपाटीबाट