विपन्न परिवारलाई खाद्यान्न सहयोग

बेनी ।कोरोना भाइरस दोस्रो लहरसँगै जारी लकडाउनका कारण समस्यामा परेका बेनी नगरपालिका–५, पुलाचौरका ७१ विपन्न परिवारलाई १ लाख ४० हजार बराबर को खाद्यान्न सहयोग गरिएको छ ।आर्थिक अवस्था कमजोर भएकालाई हातमुख जोड्न नै धौ–धौ परेको अवस्थालाई मध्यनजर गरी नेपाली कांग्रेस पुलाचौर कार्यसमितिको अगुवाईमा वडाभित्रका विभिन्न बस्तीमा विपन्नको पहिचान गरी खाद्यान्न सहयोग हस्तान्तरण गरिएको स्थानीय नेता गंगा केसीले जानकारी दिनुभयो ।

करिब एक महिना लामो लकडाउनका कारण दैनिक ज्यालादारी मजदूरहरुको अवस्था दयनीय बन्दै जान थालेपछि भोकभोकै बस्नुपर्ने अवस्थाका बगुवाखोलामा २ घर, खोरगैरामा ४, भिरमुनीमा १३, पुरुंडीमा १५ घर, पुलाडाँडामा २, उपल्लोचौरमा ८ घर, नयाँ गाउँमा ८ घर, गाजनेमा १ घर , चिप्लेटीमा ९ घर र डडुवामा ९ घरलाई प्रति परिवार १ बोरा चामल, नुन, तेल, दाल, साबुन लगायात खाद्यान्न सामग्री बितरण गरिएको नेपाली कांग्रेस पुलचौर कार्यसमितिले जनाएको छ ।

‘विपन्नको घरदैलोमा पुग्ने अभियान सकिएको छैन्,‘घरमा खाने खाद्यान्न भएकालाई सहयोग जारी राखेका छौ’ कांग्रेस बेनी नगर समितिका उपसभापति याम बानियाँले भन्नुभयो । वडाभित्र थप खाद्यान्न आवश्यक रहेका विपन्नलाई समेत सहयोग जुटाउने गरी अभियानमा साथ दिन समेत उहाँले अपिल गर्नुभयो ।सहयोग हस्तान्तरणको क्रममा राहतका लागी उपलब्ध खाद्यान्नबाट केही परिवारलाई आधा बोरा चालम सहितको खाद्यान्न साम्रागी सहयोग गरिनुका साथै भविस्यमा समेत थप सहयोगको प्रतिबद्धता जनाइएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय कांग्रेस नेता मोहन खत्री, नर ब. बिक, नबिन बानियाँ, तेज प्रकाश बानियाँ, सचिन परियार,शान्ति शर्मा लगायतले घर–घरमै पुगेर सहयोग हस्तान्तरण गरेको जनाइएको छ । खाद्यान्न सहयोग अभियानमा अमेरिकाबाट अमर भण्डारी, प्रकाश भण्डारी, राजेन्द्र केसी, मणिलाल विक र जापानबाट प्रकख खत्रीले सहयोग गर्नुभएको नेपाल तरुण दल प्रदेश क सभापति अशल केसीले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार