होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ

दाङ । दाङमा होटलमा जुवा खेलिरहेको ६ जना पक्राउ परेका छन्। शनिबार बेलुका ६ बजेतिर घोराही उपमहानगरपालिका-१५ स्थित गौरीदीप होटलमा जुवा भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरिक्षक मोहनजंग थापाको कमाण्डमा खटिएको प्रहरीले टोलीले छापा मोरर जुवाडे समातेको हो।

होटल साहुसहित ६ जनाबाट एक लाख ३९ हजार सात सय नगद बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो। उक्त होटल जिल्ला प्रहरी कार्यालयदेखि तीन सय मिटर दक्षिणमा छ।

पक्राउ पर्नेमा घोराही १५ का ४१ वर्षीय सुधीर न्यौपाने, ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोखरेल, २९ वर्षीय भीम खत्री, २४ वर्षीय होमराज रोका र होटलका साहु २९ वर्षीय दीपक थापा रहेको रिजालले बताउनुभयो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार