कञ्चनपुरमा सर्पको टोकाईबाट एक जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा दोधारा चाँदनी नगरपालिका-८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले आफ्नै खेतमा रोपाइँ गर्ने क्रममा सर्पले हातमा टोकेको थाहा पाएपछि उनी उपचारका लागि महाकाली अस्पताल भर्ना भएका थिए । त्यहाँउपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो ।धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार