पहिरोले राक्सेमा ८ घर विस्थापित (तस्विर सहित )

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ स्थित राक्सेमा ८ घर विस्थापित भएका छन् । अविरल बर्षाका कारण बस्ती माथिबाट खसेको पहिरोले ८ घर विस्थापित भएका हुन् । पहिरोको कारण राक्सेका काशिराम पौडेल ,ठहरबहादुर खत्री ,फौजबहादुर खत्री ,हर्क बहादुर बानियाँ ,चक्रबहादुर खत्री,नारायण केसी , कृष्ण केसी र भिमबहादुर हमाल विकको घरमा क्षती पु¥याएको स्थानीय कृष्ण आचार्यले जानकारी दिनुभयो । हर्क बहादुर बानियाँको घरमा सामान्य क्षती भएको छ । उहाँको परिवारलाई भने सारिएको छैन् ।

विस्थापित ७  परिवारलाई स्थानीयले छिमेकीको घरमा सारिएको उहाँले बताउनुभयो । यसैगरी म्याग्दी नदीको कटानले आचार्यको तीन रोपनी लगायत स्थानीयको दश रोपनी जग्गा कटान गरेको छ । तस्विर सौजन्य : कृष्ण आचार्य 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार