काठमाडौं । काठमाडौं महानगरपालिकाले घरका फोहोर केही दिन घरमै व्यवस्थापन गर्न महानगरवासीलाई अनुरोध गरेको छ ।
लगातारको झरीका कारण नुवाकोटस्थित सिसडोल पुग्ने बाटो अवरुद्ध भएकाले तीन दिनयता काठमाडौंका सडकबाट फोहोर उठाउन नसकिएको भन्दै महानगरले यस्तो अनुरोध गरेको हो ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले बाटो बनाउने कार्य भइरहेको र केही दिनमै फोहोर व्यवस्थापन नियमित गरिने बताए । सिसडोलमा १३ वर्षयता ३० लाख टन फोहोर सिसडोलमा व्यवस्थापन भइसकेको छ । अहिले वर्षाले बाटो बिग्रिएकोले फोहोर बोकेका ट्रक नुवाकोटको बाटोमै छन् ।
महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीका अनुसार फोहोर व्यवस्थापनका लागि सफाइ मजदुर तथा नगरपालिकाको फोहोर व्यवस्थापन शाखा कटिबद्ध रूपमा लागि रहेका छन् । नागरिक खबरबाट