काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताउनुभयो ।
समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान रोक्नका लागी स्काभेटर लिएर जाँदै थिए । मेलम्ची नगरपालिका–१० स्थित बाहुनेपाटीमा करेन्ट लागेर उनको मृत्यु भएको डिएसपी सापकोटाले बताउनुभयो । मृतक मेलम्ची नगरपालिका–११ का स्थानीय हुन् । रातोपाटीबाट