अष्ट्रेलियामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल बैदेशिक रोजगारीको शिलशिलामा अष्टे«लियामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना रोकथाम ,नियन्त्रण र व्यवस्थापनमा सघाउने उद्धेश्यले पुर्ण रोका मगरको पहलमा बरंजाबासीबाट संकलित एक लाख ५० हजार रुपैयाँँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेर उक्त स्वास्थ्य सामग्री गाउँलाई उपलब्ध गराएका हुन् ।

उक्त स्वास्थ्य सामग्री समाजसेवी तथा बरंजा कोरोना रोकथाम तथा नियन्त्रण समिति अन्तर्गत बजार व्यवस्थापक लोकेश पुन मगरले  शुक्रबार एक कार्यक्रमका विच वडा नम्बर ४ का अध्यक्ष ओमबहादुर रोका मगर ,वडा सदस्य,सुकमाया कामी र बरंजा स्वास्थ्य चौकीकी अनमी यशोधा रोका मगरको उपस्थिततीमा बरंजा कोरोना रोकथाम तथा नियन्त्रण समितिका अध्यक्ष रेशम बुढाथोकीलाई हस्तान्तरण गर्नुभयो ।

अष्टे«लियामा रहेका बरंजेलीहरुबाट संकलित एक लाख ५० हजार रुपैयाँ बराबरको दुई थान अक्सिजन सिलिण्डर ,दुई थान फ्लो मिटर, ५० थान फेसशिल्ड ,८५०० थान मास्क ,५ लिटरकाे १० थान र १०० एमएलकाे १०० थान सेनिटाइजर लगायत स्वास्थ्य सामग्री खरिद गरेर हस्तान्तरण गरिएको समाजसेवी तथा बरंजा कोरोना रोकथाम तथा नियन्त्रण समिति अन्तर्गत बजार व्यवस्थापक पुन मगरले बताउनुभयो ।

वडा अध्यक्ष रोका मगर र समितिका अध्यक्ष बुढाथोकीले सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । यस अघि पनि अमेरीकामा रहेका बरंजाबासीहरुले गाउँमा स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

सहयोगदाताहरुको नामावली 

बिश्व नै covid 19 ले थला परेको बेला हाम्रो देश हाम्रो गाउँ अछुतो रहने कुरै भयन यसै सन्दर्भ मा हाम्रो गाउँ बरङ्जा मा covid 19 का बिरामि लाई अति आवश्यक अक्सिजन सिलिन्डर मास्क सेनिताइजर अहिले को अबस्था मा अति आवश्यक भयको हुदा हामी प्रदेश मा रहेर पनि आफ्नो जन्म भुमी मा भयको पिदा मा हाम्रो सानो सहयोग ले हाम्रो आफन्त इस्तमित्र लाई ठुलो सहयोग हुन सक्दछ त्यसै ले सम्पुर्ण बरङ्जेली हरु मा जति सकिन्छ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद

१) युबराज फगामी मङ्गला ३ दिलघर $१५०/-
२) पुर्ण बहादुर रोका मङ्गला ३ आर्भाङ $१५०/-
३) श्याम कुमार थापा मङ्गला ४ दुर्दि $११०/-
४) शिव घर्ती मगर मङ्गला ३ माझगाउ $६५/-
५) सुश्मा रोका मगर मङ्गला ३ आर्भाङ $५५/-
६) तुल थापा मगर मङ्गला ४ बुकेनि $१०१/-
७) दिपक रोका मगर मङ्गला ३ दिलघर $७०/-
८) शिला रोका मगर मङ्गला ४ सोल्धारा $१०५/-
९)बिन्दु छन्त्याल मङ्गला ४ झाकृपानी $१०१/-
१०) बम बहादुर पुन मङ्गला ४ सोल्धरा $१११/-
११)लिलाराज रोका मगर मङला ३ तोरिदादा $५५/-
१२)सुकमाया रोका मगर मङ्गला ४ बिस्मोर $५५/-
१३)खेम पुर्जा मगर मङ्ला ४ महेश $१०१/-
१४)सिजन छन्त्याल मङला ३ खानिगाउ $१२०/
१५) फन बहादुर रोका मङ्ला ३ आर्भाङ $१५१/-
१६) याम बहादुर रोका मङ्गला ३ आर्भाङ $६०/-

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार