थप २७६० जनामा कोरोना संक्रमण , ३३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ३० आरटी पिसिआर र ३ हजार ८ सय ५५ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ८ सय ९२ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४० हजार ६ सय ६२ जनामा र एन्टिजेन विधिबाट ३५ हजार ८ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३३ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ४ हजार १७ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १ सय ४९ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९३.७ प्रतिशत छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार