प्रतिबन्धित रेडबुल बिक्री गरेको अभियोगमा चारजना पक्राउ

काठमाडौं । सरकारले आयतमा प्रतिबन्ध लगाएको क्याफिनयुक्त रेडबुल बिक्री गरेको अभियोगमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाले काठमाडौंका विभिन्न ठाउँमा छापा मार्दा बिक्री गरेको पाइएपछि चार जनालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौंको न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपनलगायत क्षेत्रमा रहेका होलसेलबाट प्रतिबन्धित रेडबुलसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा प्रणव स्टोर न्युरोडका सञ्चालक ४४ वर्षीय रविनराज श्रेष्ठ, बाँके कोहलपुरका ३६ वर्षीय राजु पौडेल, शक्ति माता स्टोरका सञ्चालक ३१ वर्षीय धन बहादुर श्रेष्ठ र सर्लाही हरिपुर घर भएका ३६ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।

प्रहरीले २ सय २ कार्टुन (४,८४८ वटा) प्रतिबन्धित रेडबुल बरामद गरेको हो । सरकारले २०७६ असारदेखि नेपालमा क्यापिनउक्त रेडबुल बिक्री गर्न बन्देज लगाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार