म्याग्दीमा आजदेखि सार्वजनिक तथा निजी यातायात सञ्चालन

बेनी । म्याग्दीमा लकडाउनलाई अनिश्चितका लागि थप गरिएको छ । विहिबार जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा असार ३१ गते रातको १२ बजेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्मका लागि थपिएको हो ।

शुक्रबार देखि म्याग्दीमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी जिल्ला भित्र सार्वजनिक तथा निजी यातायातका सवारी साधन सञ्चालन हुने बैठकले जनाएको छ । निर्णय अनुसार सवारी साधनको सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने ,सवारी चालक,सहचालक र सवारीमा सवार यात्रुले अनिवार्य रुपमा मास्क लगाउने ,सेनिटाइजर प्रयोग गर्ने ,सवारी साधनमा सेनिटाइजरको व्यवस्था गर्ने र मास्क नभएका यात्रुहरुलाई सवारीधनीले मास्क उपलब्ध गराउनुपर्ने छ ।

बैठकले खाद्यान्न ,कृषि औजार ,मल ,विउविजन ,स्थानिय उत्पादित तरकारी ,फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,हार्डवयर पसल ,पुस्तक तथा स्टेशनरी पसल,सुनचाँदी पसल ,टेलरिङ,फेन्सी तथा कपडा पसल,इलेक्टेकल,इलेक्ट्रोनिक्स,भाँडापसल ,ग्याँस ,पेट्रोल लगायत सेवाका पसलहरुमा स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पुर्ण पालना गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार