दाङको राप्ती गाउँपालिका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी

दाङ । दाङको देउखुरीस्थित एक सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

महाप्रभू बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोप लागेकाहरुविरुद्ध दाङ जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी भएका राप्ती गाउँपालिका अध्यक्ष सुवेदी सहकारीको पूर्व लेखा समिति संयोजक हुन् ।

यी हुन् पक्राउ पुर्जी जारी भएकाहरु

१.नुमानन्द सुवेदी : महाप्रभु बचत तथा ऋण सहकारीका पूर्व लेखा समिति संयोजक
२. किरण भण्डारी : महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष
३. रुकमाङ्गत ज्ञवाली : पूर्वध्यक्ष
४. रामबहादुर कुवर : पूर्वउपाध्यक्ष
५. कृष्णप्रसाद उपाध्यय पौडेल : पूर्व उपाध्यक्ष
६. हिमानन्द पाण्डे : पूर्व सचिव
७. हरिप्रसाद भुसाल : पूर्व सचिव
८. माधव शर्मा : पूर्व सह-सचिव
९. रामकृष्ण पौडेल : पूर्व कोषाध्यक्ष
१०. गुरुप्रसाद सुवेदी : पूर्व व्यवस्थापक
११. केशवराज आचार्य : सदस्य
१२. कमला पौडेल : सदस्य
१३. धर्मराज अधिकारी : सदस्य
१४. शारदा भुसाल : सदस्य
१५. कमला बेल्वासे : सदस्य
१६. बिष्णुबहादुर थापा : लेखा तथा सुपरिवेक्षण समितिका पूर्व संयोजक
१७. तुलसीराम पोख्रेल : लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य
१८. युवराज भुषाल : लेखा तथा सुपरिवेक्षण समितिका पूर्व सदस्य
१९. गोबिन्दप्रसाद भण्डारी : लेखा परीक्षक
२०. गंगाबहादुर केसी : लेखापरीक्षक onlinekhabarबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार