मंगला गाउँपालिकाका बाढी–पहिरो पीडित परिवारलाई घर हस्तान्तरण

बेनी । म्याग्दीको मंगला गाउँपालिकाका बाढी–पहिरो पीडितलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)अन्तर्राष्ट्रिय कार्यसमितिको नेतृत्वमा नवनिर्मित घर हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच गत बर्ष अविरल बर्षका कारण आएको बाढी–पहिरो विस्थापित मंगला गाउँपालिका–२ र ५ का ४ परिवारलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोका ,प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गाना र सम्बन्धीत वडा अध्यक्षद्धयको उपस्थितीमा  मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले नवनिर्मित घरको डमी चाबी हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकाले गत बर्षको बाढी–पहिरोबाट विस्थापित पीडित परिवारका लागि मोनाको अभियानमा घर निर्माण हुनु उदाहरणिय काम भएको भन्दै मोना लगायत प्रवासमा रहेका सबै म्याग्दीलीलाई धन्यवाद व्यक्त गर्नुभयो । बाढी पहिरोबाट विस्थापित २७ घर मध्य विपन्न परिवारको आवास निर्माणको लागि मोेनालाई सिफारिस गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अन्य विस्थापित परिवारको घर निर्माण भइरहेको छ ।

मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओम नारायण जुग्जालीले गत बर्ष अविरल बर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराएको बताउनुभयो । उहाँले मोना आईईसीको अगुवाइमा सबै राष्ट्रिय कार्यसमितिबाट आर्थिक रकम संकलन गरेर स्थानीय र प्रशासनको समन्वय तथा सहकार्यमा जिल्लामा बाढी पहिरोबाट विस्थापित मध्य ४० परिवारको आवास निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार जग्गाको व्यस्थापन स्थानीय तहले गरेका थिए । ५ लाख रुपैयाँँ लागतमा प्रति घर निर्माण भएको उहाँको भनाई छ । मोना आईईसीको अगुवाईमा संचालित अभियानमा आर्थिक सहयोग गर्ने राष्ट्रिय कार्यसमिति ,विभिन्न देशमा रहेका म्याग्दीलीहरुलाई अध्यक्ष जुग्जालीले धन्यवाद व्यक्त गर्नुभयो ।

मोना अन्तर्राष्ट्रिय कार्यसमितिका सचिव रमेश पौडेलका अनुसार मंगला गाउँपालिका वडा नम्बर २,सल्यानका खडानन्द पाध्या ,दुरुङका धनबहादुर दर्जी सोही गाउँपालिका वडा नम्ब ५, अर्मनमा दुर्गादत्त कंडेल र किमचौरका लक्षुमन पुनलाई घर हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गाना ,वडा नम्बर २ का अध्यक्ष धनबहादुर खाती र वडा नम्ब ५ का वडा अध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीले आवास निर्माणको लागि मोना संगै प्रवासमा रहेका म्याग्दीलीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यसअघि मालिका ,धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाका लाभग्राहीलाई मोनाले घर हस्तान्तरण गरिसकेको छ ।बाँकी दुई गाउँपालिकाका पीडित परिवारलाई पनि छिट्टै घर हस्तान्तरण गरिने  माेनाले जनाएकाे छ । मोना हङकङका पुर्व अध्क्ष एवं पुनर्निर्माण समितिका सदस्य दल शेरपुञ्जा मगरले स्थानीय बासी ,स्थानीय तह र प्रशासनको समन्वय र सहकार्यले आवास निर्माण गर्न सहज भएको बताउनुभयो । कोरोेना र लकडाउनका कारण आवास निर्माणमा ढिलाई भएको उहाँको भनाई छ । उहाँले ओमकुमारी शान्ति कोषले पनि आवास निर्माणका लागि १५ लाख रुपैयाँ सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार प्रति परिवार तीन वटा कोठा र शौचालय बनाइएको छ ।

https://myagdinews.com/2021/07/%e0%a4%ae%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%ae%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b0-%e0%a4%a7%e0%a4%b5%e0%a4%b2%e0%a4%be/

कार्यक्रममा गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र आचार्य , मोना आईईसीका उपाध्यक्ष सुर्जे भट्टचन ,सह–कोषाध्यक्ष महेन्द्र खड्का मोना आईईसी मध्यपुर्व उपसंयोजक सुबोध बरुवाल लगायतको सहभागीता रहेको थियो । गत बर्ष बाढी–पहिरोबाट जिल्लामा कुल २ सय ४७ घरमा पूर्ण रुपमा क्षति पु¥याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार