लागुऔषध ब्राउन सुगर र नगदसहित एक व्यक्ति पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागु औषध (ब्राउन सुगर) र नेपाली तथा भारतीय नोट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं–११ पिपिरा बस्ने बर्ष ४२ को लिलाराम पुरी रहेका छन् ।

उनलाई आफ्नो घर अगाडी शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी शरीर चेक जाँच गर्दा दाँया हातको मुठ्ठी भित्र सेतो प्लाष्टिकमा निलो धागोले बेरी लुकाई छिपाई राखेको २ पुडिया ला.औ.(ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ।

उनको घरकोठा समेत खान तलासी गर्दा खाटमा रहेको बिस्तरा मुनी पनि कालो प्लाष्टिको १ पोका, सेतो झिलझिलेको १ पोका फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

सबै नापतौल गर्दा १ ग्राम १८० मि.ग्रा. लागु औषध (ब्राउन सुगर) र बिभिन्न दरका नेपाली तथा भारतिय नोट गरी ५० हजार ३४० रुपैयाँ जफत गरिएको उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार