बारामा एक महिला शंकास्पद अवस्थामा मृत फेला

वीरगञ्ज । बारामा शंकास्पद अवस्थामा एक महिलाको शव भेटिएको छ । पचरौता नगरपालिका–३ रामनगर स्थित खेतमा महिलाको शव भेटिएको हो । अन्दाजी ४०–४२ वर्षीया मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

बाटोको छेउमै तलपट्टी खेतमा उत्तानो परेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। ‘शरीरमा चोटपटक देखिएको छैन, घाँटीमा सल त बेरिएको छ ।’ उहाँले भन्नुभयो ‘ घटना शंकास्पद छ, अनुसन्धान गरिरहेका छौं ।’

प्रदेश प्रहरी डग शाखा बर्दिबासबाट तालिमप्राप्त कुकुर ल्याएर समेत अनुसन्धान शुरु गरिएको उहाँले बताउनुभयो । स्थानीयले बुधबार बिहान खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार