बालाजुको एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं । काठमाडौंको बालाजुस्थित एक सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। बुधबार दिउँसो करिब ४ बजे आगलागी सुरू भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो। बालाजुको थ्रिडी सोफा फ्याक्ट्रीमा आगलागी भएको हो।

‘आगो निकै ठूलो छ। अहिले फ्याक्ट्री वरिपरिका घरहरूलाई सुरक्षित बनाइएको छ,’उहाँले भन्नुभयो,’आगोलाई नियन्त्रणमा लिने प्रयास गर्दैछौं।’ आगलागी कसरी सुरू भएको खुलिसकेको छैन। चार वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।

त्यस्तै पानी ट्यांकरहरू पनि त्यहाँ लगिएको छ। प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायतले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेको बुढाथोकीले जानकारी दिनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार