देशभर थप ३८४० जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ आरटी पिसिआर र ४ हजार ९ सय २२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ८ सय ४० जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ८८ हजार ३ सय ७ जनामा र एन्टिजेन विधिबाट ५८ हजार ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३३ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय ९१ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४९ हजार ७२ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.३ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार