६५ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । मकवानपुर प्रहरीले गाडीबाट ६५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले बिहीबार हेटौंडा उपमहानगरपालिका-१९ स्थित सडक खण्डबाट बा११च ९५०९ नम्बरको गाडीबाट गाँजा बरामद गरेको हो। पक्राउ पर्नेमा भरतपुर महानगरपलिका-२० का ३८ वर्षीय रोशन परियार र मकवानपुर राक्सिराङ गाउँपालिका-६ का ४३ वर्षीय ललित तामाङ छन्।

मनहरीबाट हेटौंडा जाँदै गरेको उक्त गाडी जाँच गर्दा गाँजा फेला परेको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताउनुभयो। राठौरका अनुसार सवारी, गाँजा र पक्राउ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। पक्राउ परेकालाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार