चिया उद्योगमा आगलागी हुँदा तीन करोडको क्षति

इलाम । इलामको सूर्योदय नगरपालिका–८, मालुममा रहेको रक्तकाली चिया उद्योगमा गएराति आगलागी भएको छ। विद्युत् सर्ट भइ आगलागी हुँदा ३ करोड रुपैयाँभन्दा बढी क्षति अनुमान गरिएको छ।

सिद्धिखोलानजिकै रहेको उद्योगमा राति सवा १ बजेतिर आगलागी भएको फिक्कल प्रहरीले जनाएको छ। दिनेश माझीको नाममा रहेको उद्योग आगलागीबाट पूर्ण रूपमा नष्ट भएको र उद्योगीले ३ करोड रुपैयाँको क्षति भएको बताएको प्रहरी भनाइ छ।

प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र वारुणयन्त्रको सहयोग आगो नियन्त्रणमा आएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार