कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता, तीन छोरा-छोरी घाइते

धनगढी । कर्णालीमा गाडी खस्दा कैलालीमा दुई जना बेपत्ता भएका छन्। लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित पिचमारीनजिक एक गाडी सडकबाट ३ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। गाडी डुबेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन जना बच्चा बाटोमा खसेर घाइते अवस्थामा फेला परेका छन्। उनीहरूको लालरत्न अस्पताल लम्कीमा सामान्य उपचारपछि कोहलपुर रिफर गरिएको छ। दुई जना गम्भीर घाइते छन् भने एक जना बोल्न सक्ने अवस्थाामा रहेको इन्स्पेक्टर पन्तले बताउनुभयो।

एक जना बच्चाका अनुसार बुबा आमा पनि सँगै थिए। बुबाले गाडी चलाएका थिए। उनीहरू नदीमा डुबेकी भन्ने आशंका छ,’ उहाँले भन्नुभयो। घाइते र बेपत्ताको नामठेगाना खुलेको छैन। कुन प्रकारको गाडी हो र सो गाडीको नम्बर र दुर्घटनाको कारण पनि खुलेको छैन। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार