चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

काठमाडौं । ट्राफिक प्रहरीले दुईवटा चोरीको मोटरसाइकलसहित तीन जनालाई भक्तपुरबाट पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले शनिबार साँझ दुई वटा पल्सर मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी धनुषाको मिथिला नगरपालिकाका २१ वर्षीय विकल थापा पक्राउ परेका छन् ।

भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको घर अगाडिबाट २०७६ सालमा हराएको उक्त मोटरसाइकलसहित उनीहरु पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो। उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा ९५ प ४१६८ बनाएको पाइएको उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले थप अनुसन्धान गरी पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ नम्बरको कालो एनएस पल्सरको वास्तविक नम्बर परिवर्तन गरी बा ९१ प ८६७२ नम्बर प्रयोग गरेको अवस्थामा विकललाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको मोटरसाइकलसहित तीनै जनालाई थप अनुसन्धान एव कानूनी कारबाहीको लागि प्रहरी वृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार