८ महिनादेखि भत्ता नपाएको भन्दै वीर अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन

काठमाडौं । वीर अस्पतालका कर्मचारीले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको भन्दै प्रदर्शन गरेका छन् ।

आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको भन्दै कर्मचारीले वीर अस्पतालभित्रै प्रदर्शन गरेका हुन् ।

आफूहरुले प्रशासकीय अधिकृत डा। जागेश्वर गौतमसँग रोकिएको भत्ता माग्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै कर्मचारीले नाराबाजी पनि गरेका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार