बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले लगाए कोरोना खोप

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अंकित पौडेलले जानकारी दिनुभयो।

नगरबासीमध्ये कोभिशिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् । यसैगरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग धेरै रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताउनुभयो ।

थोरै मात्र खोप प्राप्त हुँदा एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले दुरुपयोग हुन नदिन वडा–वडामा खोप केन्द्र राखिएको उहाँले बताउनुभयो। यसअघि यहाँ दुईवटा मात्र खोप केन्द्र सञ्चालन गरिएकोमा शुक्रबारदेखि आठवटा खोप केन्द्र सञ्चालन गरिएको थियो ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार