देशभर थप ३१२५ जनामा कोरोना संक्रमण, १९२५ संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय १३ आरटी पिसिआर र ३ हजार १ सय १८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार १ सय २५ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ९९ हजार ६ सय ४९ जनामा र एन्टिजेन विधिबाट ६२ हजार ७ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २३ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९ सय २५ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ५८ हजार १ सय २२ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.१ प्रतिशत छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार