धनुषामा रडले कुटपिट गरी लुटपाट

जनकपुरधाम । धनुषामा गएराति लुटपाट भएको छ। धनुषाधाम नगरपालिका– ८ स्थित कुम्हारास्थित विजय यादवको घरमा राति पौने दुई बजे ५र६ जनाको समूहमा आएका लुटेरा समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ।

विजयका १६ वर्षीय कान्छो छोरा अनिल यादव, ३० वर्षीय ज्वाइँ मञ्जय यादव र उनकी २५ वर्षीया श्रीमती कामनी यादवलाई रडले कुटपिट गर्दै उनीहरूले गरगहना र मोबाइल लुटेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो।

उनका अनुसार मञ्जयले लगाएको ८ तोलाको सुनको औंठी, कामनीको ८ तोलाको मंगलसुत्र र घरधनी विजय यादवकी श्रीमतीले लगाएको ४० तोला चाँदीको कारा र तीन वटा मोबाइल लुटपाट भएको हो। झण्डे १ लाख ८ हजार रूपैयाँ बराबरको सामान लुटपाट भएको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो।

‘चक्कु र रड लिएर उनीहरू आएका थिए। नजिकैका बदमास केटाहरूले लुटपाट गरेको हाम्रो आशंका छ,’ उहाँले भन्नुभयो। लुटेरा समूहको खोजी गर्दै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार