काठमाडौं । प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ उहाँले भन्नुभयो, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’
जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी भन्दा बढी बिक्री गर्ने सरकारले निर्णय भएको उहाँले बताउनुभयो । उहाँले सो निर्णय खारेजीको माग गर्दै झापाबाट एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै उहाँले दार्चुला घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । रातोपाटीबाट