अवैध माछासहित एक भारतीय महिला पक्राउ

मोरङ । विराटनगरमा मंगलबार अवैध माछासहित एक भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर १५ दक्षिण गेटबाट अवैध माछासहित भारत अररियाकी ३९ वर्षीय नीलम सहनी पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ।

भारतको जोगबनीबाट अवैधरुपमा सिटी सफारीमा राखेर विराटनगर ल्याउँदै गरेको ८ सय केजी माछासहित सहनी पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताउनुभयो।

अवैधरुपमा ल्याइएको जलकपुर र मंगुर जातका माछा पशु क्वारेन्टाइन कार्यालयको समन्वयमा नष्ट गरिएको र पक्राउ परेकी सहनीलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइनमा बुझाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा पक्राउ परेकी सहनी माछा तस्करी गर्ने धन्दामा संलग्नता रहेको खुलेको छ। यसअघि पनि अवैधरुपमा ल्याउँदै गर्दा पटक–पटक विराटनगरबाट माछा बरामद गरेको प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार