इचङ्गुनारायण मन्दिरबाट ४ वटा मूर्ति चोरी

काठमाडौं । नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट मूर्ति चोरी भएको छ । गएराती मुल मन्दिरबाट राधा र कृष्णका ४ वटा मूर्ति चोरी भएको हो ।

चोरी भएका मूर्ति सूर्यमान श्रेष्ठ र वाइके पाण्डेले मन्दिरमा चढाएका थिए । मन्दिरको मुख्य भवनको ग्रिल र झ्यालको जाली उप्काएर मुल मूर्तिसँगै रहेका ढलोटका मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले बताउनुभयो ।

इचङ्गुनारायणलाई काठमाडौं उपत्यकामा रहेका चार नारायणमध्ये सबैभन्दा कान्छो नारायण भनेर चिनिन्छ । चोरीमा संलग्नको खोजी भइरहेको डिएसपी केसीले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार