एजेन्सी । बंगलादेशमा जन्ती सवार डुंगामा चट्टयाङ पर्दा १६ जनाको ज्यान गएको छ । घटनामा बेहुलासहित १२ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यममा बताइए अनुसार बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको थियो ।
घटना विवरण अनुसार जन्तीहरु डुंगामा गैरहंदा अचानक मेघ गर्जनसहित बर्षा हुन थालेको थियो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै जन्तीका सहभागीहरु डुंगाबाट ओर्लिएर सुरक्षित स्थान तर्फ जान खोज्दा उनीहरुमाथि चट्टयाङ परेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।