पाल्पामा दुई जना फरार प्रतिवादी पक्राउ

पाल्पा । पाल्पामा दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बगनासकाली गाउँपालिका–२ का २८ बर्षीय नारायण बगाले र रामपुर नगरपालिका–१० का १९ बर्षीय नारन सुनारलाई पक्राउ गरिएको हो ।

बगालेलाई अदालतले सवारी ज्यान सम्वन्धि मुद्धामा १ महिना ६ दिन कैद सजायको फैसला गरेको र सुनारले गोरु मारेको र निजलाई पशुपन्छी कसुरमा ३ महिना ७ दिन कैद सजायको फैसला भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार