थप ३ हजार ९३८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ७० आरटी पिसिआर र ६ हजार ५ सय ३८ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा ३ हजार ९ सय ३८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ रहेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३७ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार १२ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार