बाँकेमा हात्तीको दाह्रासहित ३ जना पक्राउ

दाङ । बाँकेमा हात्तीको दाह्रा सहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङका एक र बर्दियाका दुई जना छन्।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका वडा नं.५ का ५० वर्षीय दलबहादुर सुनार, बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ३ का ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँका ४८ वर्षीय धनबहादुर सुनार रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई बिहान ११ बजेतिर जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष टोलीले बैजनाथ गाउँपालिका ६ सम्झना चोकबाट पक्राउ गरेको हो।

उनीहरुको साथबाट दुई वटा हात्तीको दाह्रा बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार