जरायोको सिङ र सालकको खपटासहित एक महिला पक्राउ

काठमाडौं । प्रहरीले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट एक महिलालाई पक्राउ गरेको छ । वन्यजन्तु जरायोको आखेटोपहार दुई थान र सालकको खपटा ३६ पिससहित नागार्जुन नगरपालिका३ की ४५ वर्षीय माइली पुतुवारलाई प्रहरीले पक्राउ गरेको हो।

नागार्जुन-३ रातमाटेबाट ओसारपसार गरी बेचबिखन गर्न लुकाइराखेको अवस्थामा वन्यजन्तुको आखेटोपहारसहित उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो।पुतुवारलाई आवश्यक कारबाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको कार्यालय बुझाइएको ब्युरोले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार