पोखरीमा डुबेर एक वृद्धको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–९ मा पोखरीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–१२ का ६० वर्षीय बिरजु सरदारको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोरी–ज्वाइँको घर आएको बेला स्थानीय सन्तोष यादवको माछापोखरीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

लुगा र चप्पल फुकाली पोखरीको पानीमा हाम फाल्दा डुबेर उनको मृत्यु भएको काफ्लेले बताउनुभयो। उनी के कारण पोखरीमा हाम फाले भन्ने विषयमा खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार