अर्थमन्त्री शर्मालाई आर्थिक संघको मानार्थ सदस्यता प्रदान

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई नेपाल आर्थिक संघको मानार्थ सदस्यता प्रदान गरिएको छ । अर्थविद्हरुको साझा संस्थाको रुपमा समेत रहेको उक्त आर्थिक संघमा सोमबार मन्त्री शर्मालाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।

सो अवसरमा सदस्यताको प्रमाणपत्र बुझ्दै मन्त्री शर्माले विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको औंल्याए । मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई समेत निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको र यस विषयमा आफुले योजना समेत बनाइरहेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा अर्थसचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौं भन्ने घमण्ड कर्मचारीहरुमा पलाउन सक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त जाहेर गर्नुभयो । उहाँले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताउनुभयो ।

नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थमन्त्रालयलाई सघ्याउँदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रममा अर्थविद डा भवानी ढुंगाना, डा. शिवराज अधिकारी, गोपाल तिवारी लगायतका विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार