बेनीको न्युरोडमा आगलागिबाट दुई पसल जलेर नष्ट,लाखौंको क्षति

बेनी । म्याग्दीको बेनी नगरपालिका–८,न्युरोड स्थित दुई वटा पसलमा आगलागि भएको छ । जिवन विश्वकर्माको घरमा संचालन भएको नयन स्टोर्स र रघुगंगा डेरी पसल आगलागिबाट पुर्ण रुपमा नष्ट भएको छ । मंगलबार बिहान करिब २ बजेदेखि सुरु भएको आगलागि करिब ४ः३० बजे नियन्त्रणमा लिइएको थियो ।

बेनी नगरपालिकाको एक र बागलुङ नगरपालिकाको दुई वटा दमकल ,प्रहरी सशस्त्र प्रहरी ,नेपाली सेना र बजारबासीको सहयोगमा आगलागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । आगलागिबाट अन्दाजी ७५ लाख देखि एक करोड रुपैयाँ बराबरको क्षती भएको सञ्चालकहरुले प्रहरीलाई बताएका छन् ।

आगलागि हुँदा दुई वटा पसल,त्यहाँ राखिएका सामान र चार वटा कोठा पुर्ण रुपमा क्षती भएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार ग्यास सिलिण्डर पनि भएको किराना र डेरी पसलमा विद्युत सर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । पसल सञ्चालन भएको घर जस्ताले छाएको टहरामा ब्लकले बारेको र भुई ढलान गरिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार