सिद्धबाबामा स्कर्पियो दुर्घटना हुँदा चारजना घाइते

गुल्मी । बुटवल पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुङ्गाले लाग्दा स्कर्पियो तिनाउ नदीमा खसेको छ । पाल्पाबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कर्पियोलाई माथिबाट खसेको ढुङ्गाले लाग्दा उछिटिएर तल तिनाउमा पुगेको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले घटनामा ४ जना घाइते भएको जानकारी दिनुभयो। स्कोर्पियो दुर्घटनामा पाल्पा तिनाउ गाउँपालिका–३ झुम्साका बाबुराम पाण्डेय गम्भीर घाइते भएका छन्।

झुम्सा कै विनोद पाण्डे, अमित बस्याल र गङ्गा दराई घाइते भएका छन् । उनीहरू सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार