काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २ सय १७ पीसीआर परीक्षण गर्दा ३ हजार १ सय ९४ जना र ५ हजार ९ सय ६ एन्टिजेन परीक्षण गर्दा १ हजार ७ सय १० गरी ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख २० हजार ६ सय ८० जनामा र एन्टिजेन विधिबाट ७१ हजार २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार १ सय १५ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको छ भने ६ लाख ७३ हजार १ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ जना रहेका छन् । जसमध्ये ३३ हजार ९ सय ८५ जना होम आइसोलेसनमा , ३ हजार ३ सय ४७ जना संस्थागत आइसोलेसनमा र ३ सय ८१ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ६१ जना आईसीयू र १ सय ७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।