क्रियाशील सदस्यता खारेज नभए महाधिवेसनमा जान सकिन्न : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूहरु यहि अवस्थामा माहाधिवेसनमा जान नसक्ने बताउनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताउनुभएको हो ।

उहाँले महाधिवेसनको बेलामा विधि र प्रकृयाभन्दा बाहिरबाट धेरै क्रियाशील सदस्यता वितरण गरेको बताउनुभयो । यसरी वितरण भएको सबै क्रियाशील सदस्यता खारेज नभएसम्म कांग्रेसको महाधिवेसनमा जान नसकिने उहाँले बताउनुभएको छ ।

उहाँले लेद्यनुभएको छ , ‘तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार