प्रेस युनीयन म्याग्दीद्वारा बिनिता बचाउ अभियान सुरु

बेनी । नेपाल प्रेस युनियन म्याग्दी शाखाले बिनिता शर्मा बचाउँ अभियान सुरु गरेको छ । नेपाल प्रेस युनीयन म्याग्दीका पुर्ब अध्यक्ष पत्रकार धु्रबसागर शर्माकी छोरी बेनी नगरपालीका –२ बगरफाँट निबासी बिनिता शर्माको उपचारका आर्थिक संकलन गर्न प्रेस युनियनले अभियान संचालन गरेको हो ।

आन्द्राको क्यान्सर रोगबाट ग्रसित बनेपछि बिनिताको बिगत दुई महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उपचारको समय धेरै लाग्ने र खर्च पनि बढी लाग्ने भएको हुँदा सहयोगका अपिल गरिएको नेपाल प्रेस युनीयन म्याग्दीका अध्यक्ष राकेश शर्माले बताउनुभयो ।

किसानी माबी बिममा जेटिए अध्ययन गर्दै गर्नुभएकी १९ बर्षिया बिनितालाइ स्वास्थ्यमा समस्या देखिएपछि बेनी अस्पताल र पोखरामा चेकजाँच पछि डक्टरको रिपोर्ट अनुसार क्यान्सर रोग लागेको थाहा भएको थियो । त्यसपश्चात उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लगिएको पत्रकार शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार