उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । । काठमाडौँमा ठगीको धन्दा चलाउँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक नाम राखेर ठगी गर्दै आइरहेका केशवराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो । यस अघि समेत उनले किशोर भट्ट, कुशल भट्ट नाम बताउँदै ठगी गर्दै आइरहेका थिए ।

उनले आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हो भनि विस्वास दिलाउँदै विभिन्न कामको लाभ देखाइ ठगी गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरी यस अघि समेत साइबर क्राइम र ठगीकै आरोपमा पक्राउ गरि मुद्धा समेत चलाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

२०७५ साल चैत २६ गते पक्राउ परेका २६ वर्षिय भट्ट १ वर्ष कैद र ३० हजार जरिवाना सजाय भुक्तान गरेका थिए । डोटी केआईसिंह गाउँपालिका ६ घर भएका उनलाइ काठमाण्डौँको कलंकीबाट पक्राउ गरिएको हो ।

उनको साथबाट आइफोन एक थान, केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम एकथान, किशोर भट्ट नामको त्रिचन्द्र कलेजको विद्यार्थी परिचयपत्र र सोहि नाम रहेको नेपाल प्रहरी अस्पतालको रक्त समूह कार्ड एक थान बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । dhorpatannewsबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार