निर्माणाधीन अरुण तेस्रोको सुरुङभित्र ढुंगा खस्दा एकजना गम्भीर घाइते

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–५ ड्याम साइड फ्याक्सिन्दामा निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा एकजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ वर्षीय इञ्जिनियर ताबु ताजी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख योगराज खतिवडाले जानकारी दिनुभयो ।

उनको टाउको गम्भीर चोट लागेको र जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । आयोजनामा भारतीय र नेपाली तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार